श्री एयरलाइन्सको जहाजको देब्रेपट्टीको इन्जिन फेल: धनगढी नपुगी फर्कियो काठमाडौं

काठमाडौंः श्री एयरलाइन्सको इन्जिन फेल भएको छ। काठमाडौंबाट धनगढीका लागि उडेको जहाजको देब्रेपट्टीको इन्जिन फेल भएपछि हाल जहाज पुनः फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण गराइएको छ।
बिहान ११ः४८ मा उडेकाे जहाज १२ः०७ मा काठमाडौंमा आकस्मिक अवतरण गरेको हो।
८० यात्रुसहित उडेको जहाजमा सबै यात्रु सकुशल रहेको जनाइएको छ।
वैशाख २८, २०७९ बुधबार १२:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।