प्रहरीमा खबर गरेपछि मौन अवधिको अवज्ञा गर्ने एमाले कार्यकर्ता भागे

बुटवलः बुटवल उपमहानरगपालिका वडा नंं ११ को तिलोत्तमानगर टोलमा एमाले कार्यकर्ताले निर्वाचन आचारसंहिताअन्तर्गत मौन अवधिको अवज्ञा गरेका छन्। एमालेका महिला कार्यकर्ताहरूले मौन अवधिको अवज्ञा गरेका हुन्।
उनीहरूले नमूना मतपत्र लिएर घरघरमा गई मतदाता प्रभावित गरेको फेला पारेपछि स्थानीय बब्लु मल्लसहित युवाको टोलीले नमूना मतपत्र र छाप (स्ट्याम्प) खोसेर अस्थायी प्रहरी चौकी देविनगरमा बुझाएका छन्। युवाको समूहले आचारसंहिता विपरीत गतिविधिबारे प्रहरीलाई जानकारी गराएपछि महिला कार्यकर्ता भने भागेका मल्लले जानकारी दिए।
एमाले कार्यकर्ताको साथबाट युवाहरूले करिब ५० वटा नमूना मतपत्रको बण्डल खोसेर प्रहरीलाई बुझाएको अस्थायी प्रहरी चौकी देविनगरले पुष्टि गरेको छ।
वैशाख २८, २०७९ बुधबार १२:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।