फेरि सस्तियो सुन, तोलामा कति ?

फेरि सस्तियो सुन, तोलामा कति ?

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य सस्तिएको छ। आज एकैदिन तोलामा एक हजार रुपैयाँले सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको छ। यस्तै आज तेजाबी सुनको मूल्य पनि एकै हजारले घट्दै ९६ हजार ५०० कायम भएको छ।

महासंघका अनुसार आज चाँदी पनि एकैदिन ३० रुपैयाँले सस्तो भएको छ। आज चाँदी प्रतितोला एक हजार २७५ रुपैयाँ कायम भएको छ।

वैशाख २८, २०७९ बुधबार ११:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।