एमाले कार्यकर्ताको हत्याको आरोपमा माओवादीका निवर्तमान वडाध्यक्षसहित तीन जना पक्राउ

बुटवलः रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा एमाले कार्यकर्ताको हत्या भएको छ। पुथाउत्तरगंगा गाउँपलिकाका ३९ वर्षीय डोटी बुढा (जुनमाया)को अपहरणपछि हत्या भएको हो।
वैशाख २३ गते सो गाउँपालिकाको वडा नं ११ टक्सेरामा माओवादी कार्यकर्ताले एमाले-कांग्रेस गठबन्धनका कार्यकर्तामाथि आक्रमण पनि गरेका थिए। त्यसपछि भएको झडपमा दुवै पक्षका आधा दर्जन नेता/कार्यकर्ता घाइते भएका थिए।
घरदैलोका क्रममा भएको भिडन्तपछि जुनमायालाई गायब बनाइएको थियो। त्यसपछि उनको खोजतलास गर्दा मङ्गलबार घरदेखि करिब तीन किलोमिटर पर उनको शव भेटिएको थियो। मृतकका भाइ धनबहादुर बुढाले दिदीको शव पोष्टमार्टका लागि बुटवल ल्याएको बताए।
यता, एमाले पोलिब्यूरो सदस्य दधिराम न्यौपानेले माओवादीले अपहरण गरी आफ्ना कार्यकर्ताको हत्या गरेको आरोप लगाउँदै पोष्टमार्टम बुटवलमा भइरहेको बताए।
रुकुमपूर्व प्रहरीले सो घटनामा संलग्न रहेको आशंकमा माओवादीका स्थानीय तीनकुमार सिंह, निवर्तमान वडाध्यक्ष जयकुमार बुढा, उनका भाई अर्जुनकुमार बुढालाई पक्राउ गरेको छ।
घटनाका प्रत्यक्षदर्शी नेपाली कांग्रेस पुथा उत्तरगंगा गाउँ सभापति तपश बुढाले गठबन्धनमा रहेको कार्यक्रममा माओवादी कार्यकर्ताले आक्रमण गरेको र अपहरण गरी हत्या गरेर जघन्य अपराध गरेको बताए।
वैशाख २८, २०७९ बुधबार १०:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।