निर्वाचनको दिन पर्यटन बोर्डले सटल बससेवा सञ्चालन गर्ने

निर्वाचनको दिन पर्यटन बोर्डले सटल बससेवा सञ्चालन गर्ने

काठमाडौंः निर्वाचनको दिन पर्यटकको सुविधाका लागि नेपाल पर्यटन बोर्डले सटल बससेवा सञ्चालन गर्ने भएको छ। वैशाख ३० गते काठमाडौंमा हवाई यात्रुलाई विमानस्थल र होटलबीच हुनसक्ने असुविधालाई ध्यानमा राखेर सटल बस सञ्चालन गर्न लागिएको हो।

बोर्डले पर्यटक प्रहरीको सहयोगमा टुरिष्ट बस एसोसिएसन अफ नेपाल र नेपाल टुरिष्ट भेहिकल एसोसिएसनको समन्वयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि विभिन्न होटल तथा होटलदेखि विमानस्थलसम्म आवतजावतका लागि विभिन्न रुटमा सटल बस सञ्चालन गर्न लागेको हो।

जसमध्ये रूट नं १ मा विमानस्थलदेखि नेपाल वायुसेवा निगम, होटल अन्नपूर्ण, होटल याक एण्ड यती, ठमेल चोक, लैनचौर चोक, शङ्कर होटल हुँदै विमानस्थलसम्म बस जानेछ।

रूट नं २ मा विमानस्थलदेखि होटल र्याडिसन, होटल साङ्ग्रिला, नारायणगोपाल चोक, महाराजगञ्ज चोक, ह्यात होटल, चावहिल हुँदै विमानस्थलसम्म बस जाने कायम गरिएको छ।

रुट नं ३ विमानस्थलदेखि तीनकुने चोक, होटल एभरेष्ट, माइतीघर चोक, होटल हिमालयन, होटल सोल्टी, ग्राण्ड होटल हुँदै विमानस्थलसम्म रहेको छ। सटल बस प्रयोग गरेबापत पर्यटकले सम्बन्धित बसधनीलाई ३०० रुपैयाँ बुझाउनुपर्ने बोर्डले जनाएको छ।

वैशाख २८, २०७९ बुधबार ०९:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।