वडाध्यक्ष उम्मेदवारको मृत्यु भएको स्थानमा आज अर्को मनोनयन दर्ता हुँदै

दाङः तुलसीपुर उपमहानगरपालिका वडा नं १७ मा नेकपा एमालेको तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि अर्को उम्मेदवारको मनोनय दर्ता आज हुने भएको छ। एमालेका उम्मेदवारको लागि मात्रै आज बिहान १० देखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको निर्वाचन अधिकृत रामेश्वर अर्यालले बताए।
यस्तै उक्त उम्मेदवारलाई बिहीबार साँझ ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गरिने भएको छ। सो वडामा वैशाख ३१ गतेदेखि मौन अवधि सुरु हुनेछ भने जेठ ३ गते मतदानको समय तोकिएको छ।
कलेजो, मिर्गौला रोगबाट पीडित चौधरीको हिजो मृत्यु भएको हो। यस्तै सो वडाको निर्वाचन भएपछि मात्रै तुलसीपुरमा मतगणना हुने भएको छ।
वैशाख २८, २०७९ बुधबार ०७:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।