कार्यकर्तालाई ओलीले भनेः 'तीन दिन बाँकी छ, मतपत्रलाई आँखाबाट ओझेल पर्न नदिनू'
काठमाडौँ : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले धाँधली गर्न सक्ने आशंका गर्दै मतदान सकिएपछि मतपत्रलाई आँखाबाट ओझेल पर्न नदिन कार्यकर्तालाई आग्रह गरेका छन्। काठमाडौंमा मंगलबार आयोजित अन्तीम चुनावी सभालाई सम्बोधन गर्दै उनले एमालेले निर्वाचन आँधली नगर्ने भन्दै निर्वाचन आयोगसहित प्रहरीले आ–आफ्नो कर्तव्य पूरा गर्नुपर्ने बताएका हुन्।
उनले अघिल्लो निर्वाचन अधिकृतहरूको भूमिका पनि कतिपय ठाउँमा ठिक नभएको बताए। उनले भने,' मतपत्र च्यात्दा पनि दहिच्युरे कुरा गर्या छ। चपाउँदा पनि दहिच्युरे कुरा गर्या छ।'
उनले गठबन्धनको कुनै योजना नभएकाले एमालेको विरोध मात्र गरेको बताए। आफ्ना नेता कार्यकर्तामाथि आक्रमण भइरहेको भन्दै उनले निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुनेमा सत्तारुढ गठबन्धनसहित सरकारी संयन्त्रमाथि आशंका जनाए।
उनले एमालेका रातो सूर्यलाई हरियो बनाएकोमा आपत्ति जनाए। रुखसँगसँगै हरिया बनाउन हुन्छ। पहिलो प्रयोग गरेको रंग प्रयोग नगरेर हरियो प्रयोग गर्नुपर्ने यस्तो पनि हुन्छ, उनले भने, 'यस पटक त्रुटी भयो होला भनेर धेरै अघि गएनौं। निर्वाचन आयोगले सत्ता गठबन्धन र कांग्रेसको इसारामा यस्तो कार्य गरेको उनको आरोप छ।'
उनले आफू प्रधानमन्त्री रहँदा ताजा जनादेशमा जाने तयारी गरेपछि गठबन्धन गरेर हटाएको आरोप लगाए। कहिलेसम्म जनतामाझ जान रोक्छौ भन्दै प्रश्न गरेका ओलीले भने, ‘जनतामाझ जाने भनेपछि गठबन्धन गरेर हटाए। उनीहरुसँग काम गरेको भन्ने कुरा छैन। उनीहरु भन्छन्– जनतामाझ जान खोज्यो, सरकाबाट हटायौँ । कहिलेसम्म जनतामाझ जान रोक्छौ, ३० वैशाख त आइसक्यो।’
अदालतले एमाले संसद भंग गर्दा असंवैधानिक र अलोकतान्त्रिक भनेको भन्दै उनले कांग्रेसले गर्दा संवैधानिक भनेको आरोप लगाए। कांग्रेसले लोकतन्त्रको परिभाषा बदलेको टिप्पणी गर्दै उनले कांग्रेस कार्यकर्ताले अरु पार्टीलाई मत दिनुपर्ने अवस्था आएको बताए।
वैशाख २७, २०७९ मंगलबार १८:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।