'भाइरल म्यान' पुण्य गौतम एमालेमा फर्किए
काठमाडौँ : एमाले विभाजन हुँदा एकीकृत समाजवादीमा लागेका भाइरल म्यान पुण्य गौतम एमालेमा फर्किएका छन्। काठमाडौँको भृकुटीमण्डपमा आज मङ्गलवार भएको आमसभामा गौतम एमालेमा प्रवेश गरेका हुन्। उनलाई अध्यक्ष केपी शर्मा ओलीले एमालेको झण्डा हस्तान्तरण गरेर स्वागत गरे। गौतमले अध्यक्ष ओलीको खुट्टा समेत छोएका थिए।
उनी एमालेको सल्लाहकार परिषद सदस्य थिए। पार्टी प्रवेश गरेपछि उनले भाषणा गर्दै केपी ओलीको नाममा कविता वाचन गरेका थिए। उनले ओलीलाई भ्लादिमिर पुटिन र सीजीनपिङसँग तुलना समेत गरे।
केही दिन अघि गौतमलाई कांग्रेस नेतृ तथा काठमाडौ महानगर पालिकाको प्रमुख पदकी प्रत्यासी सिर्जना सिंहको निवास चाक्सिबारी जाँदा कुकुरले टोकेको थियो। ‘मलाई केही दिन अघि कुकुरले टोकेको थियो। त्यस्तो मान्छेले मेयर जिते के होला? मैले सुइ पनि लगाएको छैन, गौतमले भने।
वैशाख २७, २०७९ मंगलबार १७:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।