स्वर्णधारी सञ्जुको त्यो मेसेज कसलाई थियो ?

स्वर्णधारी सञ्जुको त्यो मेसेज कसलाई थियो ?

काठमाडौँ : सोमबार बेलुका भारोत्तोलन राष्ट्रिय च्याम्पियन सञ्जु चौधरीले आफ्नो फेसबुक स्टाटसमा लभ साइन सहित लेखिन्' मिसिङ यु लभ।' 

उनले सेयर गरेको तस्बिरसँगै लेखिएको थियो 'Find someone who never step back after a promise' उनी प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी थिइन्। सोमबार महर्जनको घरमा भएको भोजमा केही भारोत्तोलन सङ्घका पदाधिकारी पनि सहभागी थिए। बेलुका साँढे नौ बजेसम्म उनी भोजमै थिइन्।

साढे १० बजे फेसबुकमा भावुक मेसेज राखिन्। बिहान उनी बस्नै कोठामा उनको शव झुन्डिएको अवस्थामा फेला पर्यो। प्रहरीले उनको कोठामा कुनै सुसाइड नोट फेला पारेको छैन।

तर घटनाको प्रकृति शङ्कास्पद नदेखिएको ललितपुर प्रहरीको भनाई छ। उनी बस्ने ढोका भित्रबाट चुकुल लगाएको अवस्थामा थियो। अनि झ्यालमा ग्रिल लगाएको र पर्दा लगाएको अवस्था थियो। प्रहरीले ढोका फोरेर उनको शव निकालेर पोस्टमार्टमका लागि अस्पताल पठाएको थियो।

पोस्टमार्टम सकिएर राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा श्रद्धाञ्जलीपछि उनको शव उनको घर बर्दिया पठाउने तयारी भएको छ।

१३ औँ सागमा स्वर्ण जित्ने पहिलो महिला भारोत्तोलन खेलाडीको कीर्तिमान बनाएकी एसियाली खेलकुदका लागि राष्ट्रिय टोलीमा छानिएकी थिइन्। त्यसैको प्रशिक्षणका लागि उनी ललितपुरको लुभुमा रहेको गुरुको घरमा बसेकी थिइन्। उनी नेपाल प्रहरीको क्लबमा आबद्ध थिइन्। तर ६ महिना अगाडि राजीनामा दिएकी थिइन्।

फेसबुकको त्यो अन्तिम पोस्ट

उनको फेसबुक पोस्ट हेर्दा पनि उनी सम्बन्धका कारण तनावमा रहेको देखाउँछ। उनले सोमबार बेलुकाको पोस्ट अगाडि मे ६ मा त्यस्तै एक भिडियो पोस्ट गरेकी छिन्। जसमा ' जुनी-जुनी तिमिसँगै जिउने' बोलको गीत छ।

त्यही दिन उनले अनलाइनखवरसँग गरेको कुराकानीको भिडियो राखेकी छिन्।

डिसेम्बर २१ मा हेल्थ बेनिफिट्स भन्दै हसिलो तस्बिर राखेकी उनले त्यसपछि मार्च १२ मा जिम हलमा कुकुर भएको तस्बिर पोस्ट गरेकी छिन्।

वैशाख २७, २०७९ मंगलबार १५:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।