वडाध्यक्ष उम्मेदवारका छोरासहितका कांग्रेस कार्यकर्ताद्वारा एमाले कार्यकर्तामाथि आक्रमण

वडाध्यक्ष उम्मेदवारका छोरासहितका कांग्रेस कार्यकर्ताद्वारा एमाले कार्यकर्तामाथि आक्रमण

बुटवलः रुपन्देहीको तिलोत्तमामा एमाले कार्यकर्तामाथि कांग्रेस कार्यकर्ताले आक्रमण गरेका छन्। आक्रमणमा परी तिलोत्तमा नगरपालिका वडा नम्बर १६ बिहुलीका सञ्जिव भण्डारी र सागर रेग्मी घाइते भएका छन्।

आक्रमणबाट भण्डारीको कान, छाती र टाउकोको पछाडि गहिरो चोट लागेको छ। रेग्मीको अवस्था सामान्य छ।

सोमबार राति साढे ११ बजेतिर स्थानीय कांग्रेस कार्यकर्ता सञ्जिव भुसाल, प्रविन खड्का, ईश्वर केसी, लक्ष्मण राना लगायत ७–८  जनाको संख्यामा आएका उनीहरूले भण्डारी र रेग्मीमाथि आक्रमण गरेका हुन्।

आक्रमण गर्ने भुसाल कांग्रेसका वडाअध्यक्षका उम्मेदवार झविलाल भुसालका छोरा हुन्। घाइते भण्डारीको अहिले क्रिमशन अस्पताल मणिग्राममा उपचार भइरहेको छ।

ईलाका प्रहरी कार्यालय मंगलापुरले यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।

वैशाख २७, २०७९ मंगलबार १३:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।