तोलामा सात सयले घट्यो सुनको मूल्य

तोलामा सात सयले घट्यो सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार रुपैयाँ कायम भएको छ।

यस्तै तेजाबी सुनमा पनि तोलामा सातै सयले गिरावट हुँदै मूल्य ९७ हजार पाँच सय कायम भएको छ।

महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ। आज चाँदी तोलाको एक हजार दुई सय ७५ तोकिएको छ।

वैशाख २७, २०७९ मंगलबार १२:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।