चुनावअघि डडेलधुरामै हुनेछन् देउवा, भोट हालेर मात्र काठमाडौं फर्कने

चुनावअघि डडेलधुरामै हुनेछन् देउवा, भोट हालेर मात्र काठमाडौं फर्कने

काठमाडौंः प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ३० गते मात्र काठमाडौं फर्कने भएका छन्। चुनावी अभियानमा देशदौडाहमा रहेका देउवा यतिबेला गृहजिल्ला डडेलधुरामा छन्।

देउवाले आज गृहजिल्लामा हुने दुई वटा चुनावी सभालाई सम्बोधन गर्नेछन्। प्रधानमन्त्रीका प्रेस सञ्योजक गोविन्द परियारका अनुसार देउवा सभा सकेर पनि गृहजिल्लामै बस्नेछन्।

'हामी केही दिनदेखि जिल्लातिरै छौं। अहिले प्रधानमन्त्री गृहजिल्लामा हुनुहुन्छ', उनले भने, '३० गते मतदान गरेर मात्र फर्कनुहुन्छ।'

देउवाले पूर्वमा विराटनगरदेखि काठमाडौं, चितवन, दाङ लगायत विभिन्न स्थानमा भएको गठबन्धनको चुनावी सभालाई सम्बोधन गरेका थिए।

वैशाख २७, २०७९ मंगलबार ११:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।