श्रीलङ्का सङ्कट: हिजो प्रधानमन्त्री निवासभित्र गोलीबारी, आज पुर्ख्यौली घरमा आगजनी

श्रीलङ्का सङ्कट: हिजो प्रधानमन्त्री निवासभित्र गोलीबारी, आज पुर्ख्यौली घरमा आगजनी

एजेन्सीः आर्थिक सङ्कट चुलिन थालेपछि श्रीलङ्कामा प्रदर्शनहरू हिंसात्मक हँदै गएको छ। सोमबार त्यहाँका प्रधानमन्त्री महिन्दा राजपाक्षेले राजीनामा बुझाएका थिए।

तर, प्रदर्शनकारीहरू उनको राजीनामामा मात्र चित्त बुझाउने अवस्थामा थिएनन्। आज प्रदर्शनकारीहरूले राजपाक्षेको पुर्ख्यौली घरमा समेत आगजनी गरेका छन्।

यस्तै राजपाक्षेका समर्थकहरूले राजधानी कोलम्बो छोड्ने कोसिस गरेका बेला उनीहरूको गाडीमाथि तोडफोड र पोखरीमा फ्याकिदिएका छन्। पूर्वमन्त्री जनसन फर्नान्डोको कार पोखरीमा फ्यालिएको हो।

हालसम्म श्रीलङ्काका १२ मन्त्रीहरूको घर जलाइएको भारतीय सञ्चारमाध्यम भास्करले लेखेको छ। यस्तै सांसद जनक बन्डारा तेनाकूनको घरमा पनि आगजनी गरिएको छ।

एएफपीलाई उद्धृत गर्दै भास्करले लेखेको छ- सोमबार हजारौं प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको सरकारी निवास 'टेम्पल ट्री'को मूल गेट तोडेर त्यहाँ रहेको ट्रकमा आगजनी गरेका थिए। यस्तै सोही बेला आवासभित्र गोलीबारी पनि भएको थियो। भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको थियो।

वैशाख २७, २०७९ मंगलबार ११:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।