झुण्डिएको अवस्थामा फेला परिन् भारत्तोलनकी स्वर्ण विजेता सञ्जु

झुण्डिएको अवस्थामा फेला परिन् भारत्तोलनकी स्वर्ण विजेता सञ्जु

काठमाडौंः १३औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्ने पहिलो नेपाली महिला खेलाडी सञ्जु चौधरी मृत अवस्थामा फेला परेकी छिन्।भारात्तोलन खेलाडी सञ्जु केही दिनयता ललितपुरको महालक्ष्मी नगरपालिका–९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी थिइन्।

सोही घरमा उनी सलले पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेकी हुन्।

नेपालगञ्जकी स्थायी निवासी सञ्जुको हत्या वा आत्महत्या के भएको हो भन्ने प्रष्ट भएको छैन। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

वैशाख २७, २०७९ मंगलबार ११:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।