जङ्गलमा महिलाको शव फेला

जङ्गलमा महिलाको शव फेला

रुकुम(पूर्व): पुथाउत्तरगङ्गा गाउँपालिका–११ मा एक महिलाको शव फेला परेको छ। सोमबार ३९ वर्षीया जुनमाया बुढाको शव जङ्गलमा फेला परेको हो।

सोही वडाको उपल्लो सेरा घर भएकी बुढाको शव स्थानीयले जङ्गलमा देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार प्रहरी टोली घटनास्थलमा पुगेको छ भने शव परीक्षणका लागि रुकुम(पूर्व) अस्पताल ल्याइँदैछ।

शव परीक्षणको रिपोर्ट आएपछि मात्र घटनाबारे सत्यतथ्य खुल्ने डाँगीले बताए। प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ।

वैशाख २७, २०७९ मंगलबार १०:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।