ट्याम्पो दुर्घटना हुँदा बालिकाको मृत्यु, तीन जना घाइते

धनुषाः लक्ष्मिनिया गाउँपालिका- ४ सपहीमा हिजो ट्याम्पो दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ। यस्तै सोही दुर्घटनामा तीन जना घाइते भएका छन्।
मृत्यु हुनेमा ट्याम्पोमा सवार लक्ष्मिनिया गाउँपालिका- १ की ८ वर्षीया जुलीकुमारी साह रहेकी छिन्। घाइते भएकी बालिकाको उपचारका क्रममा सेन्ट्रल अस्पताल लक्ष्मिनियामा मृत्यु भएको हो।
घाइते भएका तीन जनाकै सोही अस्पतालमा उपचार भइरहेको छ। ज१ह ४८८३ नम्बरको ट्याम्पो हिजो दिउँसो ३ बजे अनियन्त्रित भई पल्टिएको हो। सामान्य घाइते भएका ट्याम्पो चालकलाई उपचार पश्चात् ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले नियन्त्रणमा लिएको छ।
वैशाख २७, २०७९ मंगलबार १०:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।