माओवादी कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार गर्दा तरुण दलका वडाध्यक्ष गम्भीर घाइते

माओवादी कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार गर्दा तरुण दलका वडाध्यक्ष गम्भीर घाइते

रोल्पाः गङ्गादेव गाउँपालिका–५ मा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। गए राति भएको झडपमा कांग्रेसका दुई कार्यकर्ता घाइते भएका छन्। 

घाइते हुनेमा कांग्रेस तरुण दलका वडाध्यक्ष मानबहादुर बुढामगर र सोही वडाका २० वर्षीय कमल बुढामगर छन्। माओवादीका कार्यकर्ताले कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरी घाइते बनाएको कांग्रेस गङ्गादेव गाउँपालिकाका कार्यकर्ता सुनिल वलीले जानकारी दिए। 

घाइतेमध्ये तरुण दलका वडाध्यक्ष बुढामगरको अवस्था गम्भीर छ। उनलाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको छ।

घटनापछि प्रहरी नायब उपरीक्षक विनोद घिमिरे नेतृत्त्वको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थमन जिसीले बताए। घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए।

वैशाख २७, २०७९ मंगलबार ०९:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।