कपिलवस्तुकी उपमेयर र दाङका वडाध्यक्ष उम्मेदवारको मृत्यु

कपिलवस्तुकी उपमेयर र दाङका वडाध्यक्ष उम्मेदवारको मृत्यु

काठमाडौंः कपिलवस्तुकी उपमेयर र दाङका वडाध्यक्ष उम्मेदवारको मृत्यु भएको छ। कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिकाकी उपमेयर उम्मेदवार शुभावती कुर्मीको सोमबार राति १ बजे मृत्यु भएको हो।

नेपाली कांग्रेसको तर्फबाट उपमेयरकी उम्मेदवार कुर्मीको हृदयघातका कारण मृत्यु भएको हो। उनको तौलिहवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

कुर्मीको मृत्युबारे निर्वाचन आयोगलाई जानकारी दिइसकिएको छ। यस्तै उम्मेदवारको मृत्यु भएमा निर्वाचन स्थगित हुने प्रावधानअनुसार आयोगले अब अर्को निर्वाचन कार्यतालिका प्रकाशन गरेपछि थप प्रक्रिया अघि बढ्ने भएको छ।

यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको पनि मृत्यु भएको छ। एमालेका उम्मेदवार चौधरीको त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचारका क्रममा गए राति मृत्यु भएको हो।

५३ वर्षीय चौधरी मिर्गौला र कलेजो सम्बन्धी रोगबाट पीडित थिए।

चुनाव प्रचारकै क्रममा एक्कासि बिरामी परेका चौधरीलाई उपचारका लागि दुई पटक नेपालगञ्जको भेरी अस्पताल भर्ना गरिएको थियो। तर, त्यहाँ सञ्चो नभएपछि थप उपचारका लागि काठमाडौंको शिक्षण अस्पताल ल्याइएएको थियो।

वैशाख २७, २०७९ मंगलबार ०९:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।