आज मध्यरातिबाट मौन अवधि सुरु हुँदै: चुनाव प्रचार, सभा जस्ता गतिविधि गर्न नपाइने

आज मध्यरातिबाट मौन अवधि सुरु हुँदै: चुनाव प्रचार, सभा जस्ता गतिविधि गर्न नपाइने

काठमाडौंः वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मौन अवधि आज मध्यरातिबाट सुरु हुँदैछ। निर्वाचन आयोगका अनुसार मौन अवधि निर्वाचनको दिन वैशाख ३० गतेको मध्यरातिसम्म हुनेछ।

यसबीच निर्वाचनलाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न पाइने छैन। सभा-सम्मेलन, चुनाव प्रचार लगायत केही पनि गर्न पाइने छैन। यस्तै मौन अवधि सुरु हुनुअघि नै ​आयाेगले मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका प्रचारात्मक सामग्री हटाउन पनि निर्देशन दिएकाे छ।

इन्टरनेटको माध्यमबाट फेसबुक, ट्वीटर, टिकटक जस्ता सामाजिक सञ्जाल प्रयोग गरेर समेत मत माग्न नपाइने र त्यहाँ भएका प्रचारात्मक सामग्री समेत हटाउन आयोगले निर्देशन दिएको छ। यस्तै मतदाता र सञ्चारमाध्यमहरूले समेत कुनै पनि उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने केही पनि प्रकाशन वा प्रसारण गर्न पाउने छैनन्।

वैशाख २७, २०७९ मंगलबार ०९:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।