आज भृकुटीमण्डपमा एमालेको चुनावी सभा, ओलीले सम्बोधन गर्ने

आज भृकुटीमण्डपमा एमालेको चुनावी सभा, ओलीले सम्बोधन गर्ने
फाइल तस्बिर

काठमाडौंः नेकपा एमालेले आज काठमाडौंको भृकुटीमण्डपमा चुनावी सभाको आयोजना गरेको छ। सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्।

एमालेका तर्फबाट काठमाडौंको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डङ्गोल उम्मेदवार रहेका छन्। उनीहरूको पक्षमा माहोल बनाउन आज चुनावी सभाको आयोजना गरिएको हो।

सभा दिउँसो २ बजे हुने बताइएको छ। भोलिबाट मौन अवधि सुरु हुने भएकाले स्थानीय तह निर्वाचनको लागि आज काठमाडौंमा हुने सभा एमालेको अन्तिम चुनावी सभा समेत हो।

वैशाख २७, २०७९ मंगलबार ०८:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।