नेपालको मौसममा 'असानी' चक्रवातको प्रभाव

नेपालको मौसममा 'असानी' चक्रवातको प्रभाव

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले नेपालको मौसममा आज असानी चक्रवातको आंशिक प्रभाव रहेको जनाएको छ। यस्तै नेपालमा स्थानीय वायु र पश्चिमी वायुको पनि प्रभाव रहेको छ। 

यतिबेला मधेश प्रदेशसहित देशका पहाडी भूभागमा सामान्य बदली रहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली  र गण्डकी प्रदेशको केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

वैशाख २७, २०७९ मंगलबार ०७:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।