निर्वाचन सुरक्षार्थ प्रतिबद्ध भएर लाग्न महानिरीक्षक अर्यालको निर्देशन

निर्वाचन सुरक्षार्थ प्रतिबद्ध भएर लाग्न महानिरीक्षक अर्यालको निर्देशन

काठमाडौँ : सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले निर्वाचन सुरक्षार्थ देशभर खटिएका सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई आसन्न स्थानिय तह निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा पुरा गराउन प्रतिबद्ध भएर लाग्न निर्देशन दिएका छन् ।

उनले निर्वाचन सुरक्षामा खटिएका राष्ट्रसेवकहरुले कार्यक्षेत्रमा देखाएको उत्साहपुर्ण परिचालनको प्रशंसा गर्दै निर्वाचनमा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरुको बन्दोवस्ती एवं राशन व्यवस्थापन, स्वास्थ्य, अनुशासन, पेशागत दक्षता प्रदर्शन, सीमा सुरक्षामा परिचालन, चोरीतस्करी नियन्त्रण लगायतका जिम्मेवारीका क्षेत्रहरुमा परिचालित भई सम्पादन गरेका कार्यहरुको सुक्ष्म रुपमा अनुगमन गर्ने गरी प्रधान कार्यालयबाट अनुगमन टोली समेत परिचालन गरिएको बताए। 

महानिरीक्षक अर्यालले निर्वाचन सुरक्षा प्रयोजनको लागी उपलब्ध श्रोतसाधनको अधिकतम उपयोग गरी नेपाल सरकारबाट प्राप्त नीति निर्देशनलाई पालना गर्दै बिभिन्न निकायहरुसग समन्वय र सहकार्य गरी आर्थिक अनुशासनमा रहेर मानवअधिकारको सम्मान गर्दै जिम्मेबारी निर्वाहमा क्रियासिल रहन निर्देशन दिए। 

उनले लैगिंक हिंसा र गैह्र व्यवसायिक कार्यमा संलग्न रहने सशस्त्र प्रहरी कर्मचारीहरुलाई कारबाही गरिने बताए। उनले निर्वाचन क्षेत्रमा खटिएका सशस्त्र प्रहरी कर्मचारीलाई निर्वाचन सुरक्षा, आचारण संहिता र पदयी आचरणमा रहि अनुशासन, ईमान्दारिता र लगशिल भई कार्यक्षेत्रमा परिचालन हुन निर्देशन दिए। 

महानिरीक्षक अर्यालले सुरक्षा क्षेत्रमा परिचालन हुँदा सशस्त्र प्रहरी कर्मचारीहरुले आफूले गरेका गतिविधिहरुलाई सामाजिक संजालमा सेयर तथा पोष्ट नगर्न आग्रह गरे। 

कमाण्डर तहका अधिकृतहरुले विभिन्न सुरक्षा निकायका प्रमुखहरुसँग समन्वय र सहकार्य गरी सबै निर्वाचन क्षेत्रहरुमा सुरक्षाको भरपर्दो व्यवस्था मिलाउनुपर्ने उनले बताए। 

महानिरीक्षक अर्यालले भने, जस्तोसुकै चुनौती भित्र अवसर पनि अवश्य लुकेको हुन्छ सामना गर्न सक्नुपर्छ।’ उक्त कार्यक्रम लाईभ भिडियो स्ट्रिमिङ्ग तथा सशस्त्र प्रहरी बल नेपालकोसंचार मार्फत सम्पूर्ण इकाईहरुमा हेर्ने र सुन्ने व्यवस्था मिलाईएको थियो। आसन्न स्थानीय तह निर्वाचन २०७९ लाई भएरहित वातावरणमा शान्तिपूर्वक सम्पन्न गराउन देशभर परिचालित भएका सशस्त्र प्रहरीहरुको स्थलगत अनुगमन तथा निरीक्षण गरी व्यावसायिक र चुस्त दुरुस्त रुपमा जिम्मेवारी निर्वाहमा क्रियासिल गराउन सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक र सशस्त्र प्रहरी उपरीक्षकहरुको नेतृत्वमा बैशाख २५ गते सबै प्रदेशमा एक-एक टोली परिचालन गरेको छ।

कायम मुकायम सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरु कमल प्रसाद तिउसिनागण्डकी प्रदेश, किरण बस्नेत नं. १ प्रदेश, उद्धव बहादुर न्यौपाने मधेष प्रदेश, राजेन्द्र खड्का सूदुपश्चिम प्रदेश, युवराज अर्याल लुम्बिनी प्रदेश, त्यसैगरी सशस्त्र प्रहरी उपरीक्षकहरु टोप बहादुर खनाल बाग्मती प्रदेश र अच्युत कुमार मजगैयाँ कर्णाली प्रदेशमा विशेष जिम्मेवारीका साथ निर्वाचन लक्ष्यीत सुरक्षाको लागि खटिएका हुन्। 

सो टोली प्रदेशस्थित सम्बन्धित विभिन्न कार्यालय तथा व्यक्तिहरुसँग समन्वय राखी निर्वाचनमा परिचालीत सशस्त्र प्रहरी जनशक्तिलाई उच्च मनोबलकासाथ कार्यक्षेत्रमा खटाई आवश्यक निर्देशन दिनुको साथै कार्यक्षेत्रमा भईपरि आउने समस्या तथा चुनौतीहरुलाई पन्छाउँदै शान्तिपूर्वक निर्वाचन सम्पन्न गरि फिर्ता हुनेछन्।

वैशाख २६, २०७९ सोमबार २०:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।