भरतपुरमा राप्रपासँग तालमेल गरेका ओलीले भने' सूर्यमा भोट नहाल् भन्दा एमाले कार्यकर्ताले सहन्छन्?'

भरतपुरमा राप्रपासँग तालमेल गरेका ओलीले भने' सूर्यमा भोट नहाल् भन्दा एमाले कार्यकर्ताले सहन्छन्?'

ललितपुर : एमाले अध्यक्ष केपी ओलीले पार्टीको झन्डा बोक्न पाउँ भन्ने पार्टीका समर्थकलाई कारबाही गरेको भन्दै आलोचना गरेका छन्। ललितपुरमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको चिन्हमा भोट हाल्न पाउँ भन्नेको अपमान गरेको बताए।

'सहन चैँ सहेकै हुन् कांग्रेसका कार्यकर्ताले। एमालेका कार्यकर्तालाई सूर्यमा भोट नहाल भन्दा सहेर बस्छन्?' उनले भने। तर गत प्रदेश र स्थानीय तहको निर्वाचनमा एमालेका कार्यकर्ताहरूले समेत माओवादीको गोलाकारभित्रको हँसिया हथौडामा भोट हाल्न निर्देशन दिएको उनले बिर्सिए।

अहिले पनि भरतपुरको उपमेयरमा एमालेले राप्रपासँग गठबन्धन गरेर हलोमा भोट मागिरहेका छन्।

ओलीले कांग्रेसको घोषणापत्रमा ४२ ठाउँमा आफ्नो नाम भएको भन्दै अब अर्कोपल्ट १ सय ८ पल्ट नाम लेख्न व्यङ्ग्यात्मक आग्रह गरेका थिए।

उनले कांग्रेसलाई सुझाव दिए'अलि-अलि संविधानबाट सार्यो, अलि-अलि एमालेबाट सार्यो भइहाल्यो।'

 उनले माओवादीलाई घोषणापत्रै नचाहिने दल भन्दै भएको भन्दै भने' पाहुना लाग्ने मान्छेले किचेन बनाइरहनुपर्छ र?'

उनले आधाभन्दा बढी माओवादी कार्यकर्ता एमालेमा आएको दाबी गर्दै अब माओवादी  भित्र-भित्रै खोक्रो भइसकेको दाबी गरेका थिए।

उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने' छोरी चितवनमा जिताउनको लागि कांग्रेसको दौराको फेर समातेको छोड्दै छोड्दैन।'

वैशाख २६, २०७९ सोमबार १८:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।