ओलीलाई महतको काउण्टर जवाफ: 'एमाले, कांग्रेसकै नीतिको ब्याज र साँवा खाने पार्टी'

ओलीलाई महतको काउण्टर जवाफ: 'एमाले, कांग्रेसकै नीतिको ब्याज र साँवा खाने पार्टी'

काठमाडौंः एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा पत्रकार सम्मेलन गरे। अनि कांग्रेसमाथि आरोपका आरोप लगाए।

सोमबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पत्रकार सम्मेलन आयोजना गरे। आइतबार ओलीले लगाएको आरोपमाथि काउण्टर जवाफ दिए।

आइतबार ओलीले कांग्रेसलाई उल्टो बाटो हिँडेको आरोप लगाएका थिए। नीति नभएको पार्टी भनेका थिए। त्यसो जवाफमा प्रवक्ता महतले भने, 'हामीलाई नीति नभएको पार्टी रे। कांग्रेसकै नीतिको ब्याज र साँवा समेत खाने पार्टी एमाले हो। ओलीजीले झुटो आरोपका पुलिन्दा लगाउनुभएको छ। झुटमाथि झुट।'

उनले एमालेसँग कांग्रेसको विरोध गर्ने कुनै आधार नरहेको पनि दावी गरे।

उता देशका विभिन्न स्थानमा भएका चुनावी सभाहरूमा पनि गठबन्धनका शीर्ष नेताहरू ओलीमाथि बोलीको हमला गर्न रोकिएका छैनन्। ओली पनि पत्रकार सम्मेलनदेखि चुनावी सभासम्ममा गठबन्धन र तिनमा शीर्ष नेताहरूलाई पाएसम्म कटाक्ष गर्छन्।

वैशाख २६, २०७९ सोमबार ११:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।