तोलामा एक सयले बढ्यो सुनको मूल्य

तोलामा एक सयले बढ्यो सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला एक सयले बढ्दै ९८ हजार ७०० कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार २०० रुपैयाँ कायम भएको छ।

यस्तै आज चाँदीको मूल्यमा भने कुनै थपघट भएको छैन। आज चाँदी तोलामा एक हजार २८५ रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदीको मूल्य यही नै थियो।

वैशाख २६, २०७९ सोमबार ११:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।