मतगणना स्थलमा सीसी क्यामेरा जडान, आयोगले समेत अनुगमन गर्न मिल्ने

मतगणना स्थलमा सीसी क्यामेरा जडान, आयोगले समेत अनुगमन गर्न मिल्ने

रसुवाः वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मतगणनाका लागि सीसी क्यामेरा जडान गरिएको छ। जिल्ला समन्वय समिति रसुवाको हलमा मतगणना गरिने भएकाले त्यहाँ सीसी क्यामेरा जडान गरिएको हो। 

मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार हललाई मतगणनास्थल तय गरी आवश्यक पूर्वाधारसहित क्यामेरा जडान सम्पन्न भएको छ। क्यामेराबाट निर्वाचन आयोगले समेत अनुगमन गर्नसक्ने व्यवस्था मिलाइएको बताइएको छ।

यस्तै गोसाइँकुण्ड गाउँपालिका–१ थुमनको वडा कार्यालयमा तोकिएको मतदान केन्द्रलाई निर्वाचन आयोगको अनुमतिबाट नजिकैको एक धार्मिक गुम्बामा स्थानान्तरण गरिएको छ। मुख्य निर्वाचन अधिकृत नेपालका अनुसार मतदान केन्द्र तोकिएको वडा कार्यालयमा निर्वाचन अधिकृतको परामर्श एवं अनुमति बेगर भवनको तल्ला थपेर ढलान गरेको पाइएकाले नजिकै रहेको थुमनस्थित साम्वलिङ गुम्बालाई मतदान केन्द्र तोकिएको हो।

वैशाख २६, २०७९ सोमबार ०९:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।