प्रदेश १, बागमती र गण्डकीको केही स्थानमा चट्याङसहित वर्षा

प्रदेश १, बागमती र गण्डकीको केही स्थानमा चट्याङसहित वर्षा

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशका प्रदेश १, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ। हाल नेपालमा स्थानीय वायु र भारतको बिहार-पश्चिम बङ्गालमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण वर्षा हुने भएको हो।

यतिबेला मधेश प्रदेश, बागमती प्रदेश र सूदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। देशका अन्य पहाडी भूभागमा आंशिक बदली रहेको छ। 

आज दिउँसो प्रदेश १, बागमती प्रदेश  र गण्डकी प्रदेशको केही स्थानहरूमा र बाँकी भूभागका एक-दुई स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

वैशाख २६, २०७९ सोमबार ०६:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।