कार्यकर्ताले भने,  ‘एमालेको ...’, ओलीले भने, ‘मैले अलि सुनिन ....’

कार्यकर्ताले भने,  ‘एमालेको ...’, ओलीले भने, ‘मैले अलि सुनिन ....’

चितवन : स्थानीय तह निर्वाचनको म्याराथन शैलीमा प्रचारमा खटिएका एमाले अध्यक्ष केपी शर्मा ओली चितवनको क्याम्पाचौर पुगे आइतबार। उनले सम्बोधनमा गठबन्धनप्रति व्यङ्ग्य गरिरहे। अनि आफ्नो पार्टीका कार्यकर्तालाई हौस्याइरहे। उनले भाषण गर्दागर्दै भने,' आम निर्वाचनपछि बन्ने सरकार कसको हुन्छ?

कार्यकर्ताले भने,  ‘एमालेको ......’

ओलीले भने, ‘मैले अलि सुनिन ....’

कार्यकर्ताले फेरी भने,  ‘एमालेको ..... ’

'आम निर्वाचन पछि बन्ने सरकार कसको हुन्छ एमालेको।'  त्यसो हो भने अहिलेदेखि गठबन्धनको खुट्टा कमजोर बनाइदिनु पर्छ। खुट्टा लुला पार्दिनु पर्छ, परमादेशी सरकार बाइ बाई' उनले भने।

उनले निर्वाचनको प्रचार प्रसारको क्रममा माओवादीबाट हमला हुने गरेको भन्दै राम्रोसँग स्वयम् सेवक परिचालन गरेर काम गर्न निर्देशन दिँदै यदि कसैले हमला गरे पराजित नहुने गरी काम गर्न भन्दै प्रत्याक्रमणको निर्देशन समेत दिए। उनले शान्ति सुरक्षाको जिम्मा प्रहरीको भएको भन्दै यस्ता घटनामा प्रहरीले पनि सघाउनु पर्ने बताएका थिए।

वैशाख २५, २०७९ आइतबार १७:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।