कांग्रेस कार्यकर्तालाई ओलीको प्रश्नः टाउके नेताले पार्टी सिध्याए, तपाईंहरू के हेरेर बस्नु भएको? 

कांग्रेस कार्यकर्तालाई ओलीको प्रश्नः टाउके नेताले पार्टी सिध्याए, तपाईंहरू के हेरेर बस्नु भएको? 

काठमाडौँ : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चितवन नेपाली कांग्रेसका नेता कार्यकर्तामाथि नेताले पार्टी सिध्याउन लाग्दा के हेरेर बसेको भन्दै प्रश्न गरेका छन्। चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले नेपाली कांग्रेसका शीर्ष नेताले पार्टी सिध्याउन लागेको भन्दै जोगाउने जिम्मा काँधमा आएको बताए। 

‘टाउके नेताहरूले पार्टी सिध्याउन लागिसके। तपाईंहरू के हेरेर बस्नुभएको छ?’, ओलीले प्रश्न गरे। चितवनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छोरीलाई सधैँ जिताउने जिम्मा नेपाली कांग्रेसको भएको भन्दै प्रश्न गरे। 

‘अस्ति मात्रै धम्की सुन्नुभयो होला। मेरो छोरीलाई भोट दिनुभएन भने देश दुर्घटनामा जान्छ। हैन उनको छोरीलाई कांग्रेसले भोट दिएर जिताइदिनुपर्ने?’, ओलीले प्रश्न गरे। 

आफ्नो छोरीलाई भोट दिएमा गठबन्धन १५–२० वर्ष जोगाइदिने भन्दै कांग्रेसले आफ्ना नेतालाई कहिल्यै उम्मेदवार बन्न नपाउने बताए। अहिलेको पाँच दलीय गठबन्धनलाई सपनामा पनि एमाले देखेपछि जुरुक्क उठ्ने अवस्था आएको बताए।  

अहिलेको पाँच दलीय गठबन्धनका नेताहरू निर्वाचन आचारसंहिता उल्लंघन गर्दा पनि निर्वाचन आयोग मुखदर्शक बनेको ओलीले आरोप लगाए। 
 

वैशाख २५, २०७९ आइतबार १७:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।