आरजुलाई ओलीको जवाफ : बजेट तीनका घरको पैसा हो ?

आरजुलाई ओलीको जवाफ : बजेट तीनका घरको पैसा हो ?

चितवन : कांग्रेसको उम्मेदवारले नजिते पालिकामा बजेटै नदिने कांग्रेस नेतृ आरजु राणा देउवाको भनाइप्रति कटाक्ष गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले भने' बजेट तिनका घरको पैसा हो?'

उनले चितवनमा आयोजित सभामा भरतपुरको विकासको जिम्मा आफ्नो भएको भन्दै निर्धक्क भएर एमाले र एमालेले सघाएका उम्मेदवारहरूलाई भोट हाल्न आव्हान गरेका थिए। उनले एमाले उम्मेदवार विजय सुवेदी रेनु दाहालभन्दा केन्द्रमा सिधै हटलाइन भएको शक्तिशाली उम्मेदवार भएको दाबी गर्दै भने' चिन्ता गर्नु पर्दैन। कसैको छोरी अनि कसैको भाइ भन्दा विजय सुवेदी कमजोर छैनन्। सिधै हटलाइनमा पहुँच भएका उम्मेदवार हुन्।'

उनले भरतपुरलाई स्मार्ट सिटी बनाउन अब कसैले रोक्न नसक्ने भन्दै भरतपुर विकासको जिम्मा आफूले लिएको बताए। उनले बोल्दा पटक-पटक कांग्रेस समर्थक मतदाताप्रति सहानुभूति देखाएका थिए।

' मन रोएको छ यस्तो बेला' भन्दै उनले भने 'तपाई देश बनाउने अभियानमा लाग्नुस्। आउनुस् चुनावमा मिले चुनावमा आउनुस्, मतदाता मिलेर आउनुस्।'

उनले बहुदलीय व्यवस्थाको २६ वर्षमा २० वर्ष कांग्रेसले नेतृत्व गरेको अनि अर्को नेता २ वर्ष प्रधानमन्त्री भएको भन्दै प्रश्न सोधे' भोलि पर्सिको सभामा जवाफ दिनुस्। उहाँहरूको नेतृत्वमा  के काम गर्नुभयो? शेरबहादुर देउलालाई सोध्न चाहन्छु तपाइको नेतृत्वमा एउटा नयाँ सिजनशील काम के भयो?'

उनले एमालेले सरकारको नेतृत्व गर्यो कि विकासको गति ५ नम्बर गियरमा चल्ने भन्दै आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन आग्रह गरे। 

वैशाख २५, २०७९ आइतबार १७:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।