मेयरमा निर्वाचित भए भरतपुरलाई प्लास्टिक मुक्त सहर बनाउँछु: विजय सुवेदी

काठमाडौँ : एमालेका तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुख पदका उम्मेदवार विजय सुवेदीले भरतपुरलाई डेढ वर्ष भित्र प्लास्टिक मुक्त हुने बताएका छन्। आज चितवनको भरतपुरमा एमालेद्वारा आयोजित चुनावी सभामा बोल्दै उनले आफूले चुनाव जीते डेढ वर्ष भित्र भरतपुरलाई प्लास्टिक मुक्त गर्ने बताए।
उनले बितेको ५ वर्षमा रेनु दाहालले जथाभाबी शिलान्यास मात्रै गरिएको आरोप लगाए। ‘जताततै शिलान्यास मात्रै भएको छ। उहाँले शिलान्यास गरेका योजना पूरा भएका छैनन्। व्यवस्थित विकासको पहल भएको छैन’, सुवेदीले भने।
उनले भरतपुरमा आफ्नो नेतृत्व आए व्यवस्थित, समृद्ध र जनतालाई सेवा दिने महानगर बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे। भरतपुर महानगरभित्र र बाहिरी गरेर २ वटा चक्रपथ निर्माण गर्ने योजना सुवेदीले सुनाए।
भरतपुरलाई मानवीय सहर बनाउने र हरेक वडामा हेल्प डेस्क राखेर जनतालाई सुविधा दिने उनले बतए। अन्तराष्ट्रिय स्तरको महानगर बनाउन एक वर्षभित्र गुरुयोजना बनाइने उनले बताए।
वैशाख २५, २०७९ आइतबार १७:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।