निर्वाचन आयोगलाई ओलीको प्रश्न : सिर्जना सिंहलाई भोट माग्दा प्रचण्डलाई किन कारबाही नगरेको ?

निर्वाचन आयोगलाई ओलीको प्रश्न : सिर्जना सिंहलाई भोट माग्दा प्रचण्डलाई किन कारबाही नगरेको ?

चितवन : चुनाव प्रचारमा अन्य दलको झन्डा प्रयोग नगर्न निर्वाचन आयोगले दिएको निर्देशनको आलोचना गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका उम्मेदवारको पक्षमा भोट माग्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई किन कारबाही नगरेको भन्दै आलोचना गरेका छन्।

चितवनमा आयोजित सभामा भरतपुरका कांग्रेसका बागी उम्मेदवारको पक्षमा कांग्रेसको झन्डा प्रयोग गरेपछि तर्साउन आयोगले त्यस्तो निर्देशन दिएको भन्दै उनले भने' सभामा एउटाले अर्काको उम्मेदवार बोक्या छ। आयोग भन्छ अर्काको उम्मेदवारलाई भोट नमाग्नु। त्यसो हो भने काठमाडौँमा सिर्जना सिंहलाई भोट माग्ने प्रचण्डलाई किन कारबाही नगरेको?'

उनले माओवादीका नेताहरुले कांग्रेसका उम्मेदवारको अनि कांग्रेसका उम्मेदवारहरूले माओवादीको उम्मेदवारको भोट मागेर निर्वाचन संहिता उलङ्घन गरेको भन्दै प्रश्न गरे' अस्ति शेरबहादुर देउवा आएर रेनुलाई भोट मागेछन्। निर्वाचन आयोगले ह्वीप जारी गर्ने कार्यकर्तार्ला ? धम्क्याउन पाइन्छ जनतालाई ?'

उनले गठबन्धनका बाहिरकालाई आयोगले कारबाही गर्न बेर नलगाउने भन्दै आयोगले गठबन्धनलाई जे गरे पनि छुट दिएको दाबी गरे। उनले गठबन्धनलाई उभिनै नसक्ने गरी लुलो बनाइदिनुपर्ने भन्दै भने' यो परमादेशी सरकारलाई बाई बाई गरौँ।'

वैशाख २५, २०७९ आइतबार १७:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।