चितवनका कांग्रेस समर्थकलाई ओलीको सहानुभूति : बिचराहरूले पिर बिसाउने ठाउँ नै पाएनन्

चितवनका कांग्रेस समर्थकलाई ओलीको सहानुभूति : बिचराहरूले पिर बिसाउने ठाउँ नै पाएनन्

चितवन : एमाले अध्यक्ष केपी शर्मा ओलीले चितवनमा पुगेर कांग्रेसका समर्थकप्रति सहानुभूति देखाउँदै माओवादी केन्द्रका नेताहरूको आलोचना गरेका छन्। केही दिन अगाडि चितवनको भरतपुरमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका उम्मेदवार हारेमा दुर्घटना हुने भन्दै दिएको चेतावनीको व्यङ्ग्यात्मक आलोचना गरेका थिए।

उनले भरतपुरका कांग्रेसका समर्थकहरूलाई बिचरा मन कसरी थामेका होलान् भन्ने भने' पाँच वर्ष अगाडि पनि उनैलाई भोट हाल्नुपर्ने। पाँच वर्षपछि पनि उनैलाई भोट हाल्नुपर्ने भयो। मन कसरी थामेका होलान्।'

उनले भरतपुरमा गठबन्धनको उम्मेदवारले जितेमा २० वर्षसम्म गठबन्धन कायम रहने भनेकोमा आलोचना गर्दै भने' फेरि प्रचण्डलाई जितायो भने उहाँ उत्साहित हुनुहुन्छ अरे। अब चितवनका कांग्रेसीले २० वर्षसम्म छोरा बोक, छोरी बोक, ज्वाइँ बोक अनि भाइ बोक। त्यो पनि नभए भतिजा बोक्न तयार हुनु।'

उनले कांग्रेसका समर्थकहरूप्रति ब्यङग्य गर्दै उनीहरूले पिर बिसाउने ठाउँ नै नपाएको बताए।

वैशाख २५, २०७९ आइतबार १७:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।