संसद् बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सरकारको सिफारिस

काठमाडौँ : सरकारले संघीय संसद बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। मन्त्रिपरिषद् बैठकले संघीय संसदको बैठक आउँदो ३ वा ४ जेठमा बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो।
१५ जेठमा आर्थिक वर्ष २०७९-०८० को वार्षिक आयव्यय (बजेट) ल्याउनुपर्ने संवैधानिक बाध्यता रहेको सरकारले संसदको अधिवेशन आह्वान गर्न सिफारिस गरेको हो।
वैशाख २५, २०७९ आइतबार १५:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।