ज्योतिषी देखाएर गठबन्धन तर्साउँदै ओली

काठमाडौंः प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा ज्योतिषमा अत्यधिक विश्वास गर्छन्। देउवाले ज्योतिषीले आफूलाई सात पटक प्रधानमन्त्री हुने योग रहेको बताएको कुरा एक समय निकै भाइरल समेत भएको थियो।
अहिले एमाले अध्यक्ष केपी शर्मा ओली ज्योतिषीकै कुरा गर्दै सत्ता गठबन्धनलाई तर्साउन थालेका छन्। केही दिनअघि एक टेलिभिजन कार्यक्रमको प्रोमोमा ओलीले असार १७ गते गठबन्धनमा संकट आउने र नेपाली राजनीति उथलपुथल हुने बताएका थिए।
आइतबार स्थानीय तह विशेष एमालेको पत्रकार सम्मेलनमा ओलीले असार पुग्नै नपर्ने वैशख ३० नै सत्ता गठबन्धनलाई महासंकटको दिन रहेको बताए। संकटको बारेमा सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष ओलीले भने, ‘ज्योतिषीलाई सोध्नुस् न ज्योतिषीहरूले भनिराख्याछन् क्या!’
ओलीको कामचलाउ जवाफमा सञ्चारकर्मी रोकिएनन्। उनलाई फेरि प्रश्न गरियो। 'देशको पूर्वप्रधानमन्त्रीले दिनै तोकेर यस्तो अभिव्यक्ति दिन मिल्छ?'
ओलीले भने, ‘ज्योतिषीहरूले भनिराख्याछन् त। उहाँहरूलाई सोध्नुस् न।’
वैशाख २५, २०७९ आइतबार १२:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।