पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष ओली

पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष ओली
फाइल तस्बिर

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। आज बिहान साढे १० बजे च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ।

सम्मेलन स्थानीय तह निर्वाचन र समसामयिक राजनीतिक विषयमा केन्द्रित हुनेछ। यस्तै निर्वाचनको लागि केवल पाँच दिन बाँकी रहेको सन्दर्भमा पनि उनले आफ्नो कुरा राख्न र मतदातालाई अपिल गर्न पत्रकार सम्मेलन आयोजना गरिएको बताइएको छ।

वैशाख २५, २०७९ आइतबार १०:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।