बसले ठक्कर दिँदा सुनसरीमा मोटरसाइकल चालकको मृत्यु

सुनसरीः कोशी गाउँपालिका- ३ जमुवामा गए राति बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा नाम थर ठेगाना नखुलेका अन्दाजी २६ वर्षीय पुरुष रहेका छन्।
गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको हो। ना४ख ६८४० नम्बरको बसले को५प ४००४ नम्बरको मोटरसाइकललाई गए राति साढे १० बजे ठक्कर दिएको हो। दुवै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ।
बस चालक फरार रहेकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ।
वैशाख २५, २०७९ आइतबार ०९:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।