पहिरोले अवरुद्ध मुग्लिङ-नारायणगढ सडक खुल्यो

पहिरोले अवरुद्ध मुग्लिङ-नारायणगढ सडक खुल्यो
फाइल तस्बिर

चितवनः पहिरोका कारण अवरुद्ध मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ। इच्छाकामना गाउँपालिका–६ स्थित तोपेखोलामा पहिरो खस्दा शनिबार साँझ करिब ७ः४० बजेदेखि सडक अवरुद्ध भएको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक बिहान ५ः३० बजेबाट सञ्चालनमा आएको हो। पहिरो पन्छाउनका लागि मुग्लिङ र भरतपुरबाट एक–एकवटा जेसीभी प्रयोग गरिएको थियो।

पहिरो हटाएसँगै अलपत्र परेका सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन्।

वैशाख २५, २०७९ आइतबार ०८:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।