जनकपुरमा देउवाको धम्की : गठबन्धनविरुद्ध लागे सह्य हुन्न

जनकपुरमा देउवाको धम्की : गठबन्धनविरुद्ध लागे सह्य हुन्न

जनकपुरधाम : चितवनमा गठबन्धन दलले आयोजित सभामा रेनु दाहाल हारे देशमा दुर्घटना हुने पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिको आलोचना नसेलाउँदा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले जनकपुरका धम्क्याएका छन्।

चुनाव प्रचारकाक्रममा जनकपुर पुगेका उनले गठबन्धनको पक्षमा मत हाल्नु भन्दै कार्यकर्ताहरूलाई गठबन्धनको विरुद्धमा नलाग्न धम्क्याए।

उनले भने, ‘कुनै पनि हालतमा गठबन्धनको खिलाफमा लाग्नुहुन्न, त्यो सह्य हुँदैन।’ उनले गठबन्धनको पक्षमा माहौल बनेको भन्दै केन्द्रले गरेको निर्णय अनुसार परिचालन हुन र गठबन्धनबाट उम्मेदवार बनेकाहरूलाई सघाउन निर्देशन समेत दिएका थिए।

उनले बागीको पक्षमा नलाग्न समेत पार्टीका समर्थकहरूलाई निर्देशन दिएका थिए। 

वैशाख २४, २०७९ शनिबार २१:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।