किशोर नेपालसहित ६ जनालाई वरिष्ठ पत्रकार सम्मान प्रदान

किशोर नेपालसहित ६ जनालाई वरिष्ठ पत्रकार सम्मान प्रदान

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले किशोर नेपाल सहित ६ जनालाई वरिष्ठ पत्रकार सम्मान प्रदान गरेकी छिन्। शीतल निवासमा आयोजित समारोहमा उनले नेपालसहित तारानाथ दाहाल, शार्दूल भट्टराई, रघु मैनाली, हर्ष सुब्बा र स्वर्गीय अग्निशीखालाई सम्मानित प्रदान गरेकी हुन्।

सरकारले हरेक वर्ष राष्ट्रिय पत्रकारिता दिवसमा वरिष्ठ पत्रकारलाई वरिष्ठ पत्रकार सम्मान र अन्यलाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ।

राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ बाट मात्रिका पौडेल, बालकुमार नेपाल, दिलीप थापा मगर, शीतल साह, दुर्गाप्रसाद शर्मा, पुनम पौडेल, नितु पण्डित, हेमन्त विक, डिआर पन्त र ठाकुर बेल्बासेलाई प्रदान गरिएको छ।

शितल निवासमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की समेत संलग्न थिए।

 

वैशाख २४, २०७९ शनिबार २०:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।