चुनावी सभालाई सम्बोधन गर्न देउवा बुटवलमा
बुटवलः प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न बुटवल आएका छन्। पाँच दलीय गठबन्धनले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन प्रचारप्रसार कार्यक्रमअन्तर्गत आज बुटवलमा चुनावी सभा आयोजना गरेको हो।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं २ का सचिव प्रजापाल गिरीका अनुसार निर्वाचन कार्यक्रमअन्तर्गत बुटवलको देवीनगरमा आयोजना हुने चुनावी सभामा प्रधानमन्त्री देउवालगायत गठबन्धन दलका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
चुनावी कार्यक्रमलाई प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाँण, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
वैशाख २४, २०७९ शनिबार १२:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।