पाँच हजार पाँच सय ५५ रुपैयाँ धरौटी बुझाएर रिहा भए ‘अटेरी’ अभियानका अशोक खड्का

पाँच हजार पाँच सय ५५ रुपैयाँ धरौटी बुझाएर रिहा भए ‘अटेरी’ अभियानका अशोक खड्का

पोखराः निर्वाचन सम्बन्धी कसूर गरेको अभियोगमा पक्राउ परेका ‘अटेरी’ अभियानका अशोक खड्का धरौटीमा रिहा भएका छन्। खड्कालाई निर्वाचन सम्बन्धी कसूर गरेको आरोपमा प्रहरीले गत शनिबार पक्राउ गरेको थियो।  

राजनीतिक पार्टीको गलत क्रियाकलापविरुद्ध अटेर गर्ने अभियानमा आबद्ध खड्का अदालतले तोकेको पाँच हजार ५५५ रुपैयाँ जरिवाना बुझाएर रिहा भएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले जानकारी दिए। उनी जिल्ला अदालत कास्कीको आदेशमा छुटेका हुन्।

निर्वाचन कार्यलय पोखराले गत शनिबार अटेरी अभियानका उम्मेदवारलाई बोलाएर दिएको निर्वाचन चिह्न साँझ फिर्ता गर्ने बताएपछि अभियानका सदस्यहरू कार्यलय पुगेर नाराबाजी गरेका थिए। सोही क्रममा खड्काले बोलेको कुरामाथि आपत्ति जनाउँदै निर्वाचन सम्बन्धी कसूर तथा सजाय ऐन २०७३ को दफा २० को उपदफा १ (घ) उल्लंघन गरेकाले कारबाही गर्नका लागि आयोगले निवेदन दिएपछि उनलाई पक्राउ गरिएको थियो।

उक्त दफामा निर्वाचन सम्बन्धी कार्यमा प्रभाव पर्नेगरी धाक धम्की वा डर त्रास देखाउन नहुने उल्लेख छ।

वैशाख २४, २०७९ शनिबार ११:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।