भारतको इन्दौरमा एक भवनमा आगो लाग्दा सात जनाको मृत्यु, केही मानिस जिउँदै जले

भारतको इन्दौरमा एक भवनमा आगो लाग्दा सात जनाको मृत्यु, केही मानिस जिउँदै जले

एजेन्सीः भारतको मध्यप्रदेश राज्यको इन्दौरमा शुक्रबार राति एक भवनमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ। मृतकमा ६ महिला र एक पुरुष रहेका छन्।

अबेर राति आगलागी भएका कारण केही मानिस भवनभित्र जिउँदै जलेको भारतीय सञ्चारमाध्यम भास्करले जनाएको छ। यस्तै केही व्यक्तिको भने सास लिन नसकेर निसास्सिएर मृत्यु भएको छ। 

भवनको पार्किङ क्षेत्रमा समेत आगो लाग्दा मानिसहरू बाहिर निस्कन सकेका थिएनन्। भाग्ने क्रममा थुप्रै मानिसहरूलाई चोट लागेको छ।

भारतीय प्रहरीले ९ जनालाई आगोभित्रबाट उद्धार गरेको छ भने १२ जनालाई अस्पताल लगेको छ।

चार-पाँच पटक फोन गर्दा समेत दमकल ४५ मिनेट ढिलो आएका कारण घटना दर्दनाक बनेको भास्करले लेखेको छ।

वैशाख २४, २०७९ शनिबार ११:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।