सत्ता गठबन्धनको चुनावी सभा आज जनकपुरमा, प्रधानमन्त्रीले सम्बोधन गर्ने

सत्ता गठबन्धनको चुनावी सभा आज जनकपुरमा, प्रधानमन्त्रीले सम्बोधन गर्ने
फाइल तस्बिर

काठमाडौंः सत्ता गठबन्धनका पाँच दलका शीर्ष नेताहरू आज जनकपुर जाने भएका छन्। गठबन्धनद्वारा आज मधेश प्रदेशको राजधानी जनकपुरमा आयोजना हुन लागेको चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा कांग्रेस सभापित शेरबहादुर देउवासहित गठबन्धनका शीर्षनेता त्यता जाने भएका हुन्।

जनकपुरको तिरहुतियामा दिउँसो २ बजे आयोजना हुने चुनावी सभालाई देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले बताए।

वैशाख २४, २०७९ शनिबार १०:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।