नेपाल र जिम्बावे 'ए' बीच दोस्रो एकदिवसीय आज, दुवै टोली जितको खोजीमा

काठमाडौंः नेपाल र जिम्बावे 'ए' बीचको दोस्रो एकदिवसीय खेल आज हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज बिहान ९:३० बाट खेल सुरु हुनेछ।
आजको खेलमा जित्नैपर्ने दबाबमा नेपाल रहेको छ। किनकी हिजो भएको पहिलो एकदिवसीयमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो। आज पनि नेपाल पराजित भएमा उपाधि जिम्बावेले जित्नेछ।
नेपाल र जिम्बावे 'ए' बीच तेस्रो तथा अन्तिम एकदिवसीय सोमबार खेलिनेछ। यसअघि टी ट्वेन्टी श्रृङ्खला १-१ को बराबरीमा सकिएको थियो।
नेपालले आईसीसी विश्वकप लिग–२ को तयारीस्वरूप जिम्बावे 'ए' सँग प्रतियोगिता खेलेको हो।
वैशाख २४, २०७९ शनिबार ०८:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।