देशभर मौसम बदली हुने, वर्षाको सम्भावना

देशभर मौसम बदली हुने, वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम बदली भई वर्षाको सम्भावना रहेको जनाएको छ। हाल नेपालमा स्थानीय वायु, पश्चिमी न्यून चापीय प्रणाली र भारतको मध्यप्रदेशदेखि तामिनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ।

यतिबेला देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशका एक- दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशका भूभागमा एक- दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

वैशाख २४, २०७९ शनिबार ०७:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।