चीनमा भवन भत्किँदा ५३ जनाको मृत्यु, १० को जीवितै उद्धार

एजेन्सी : चीनमा भवन भत्किँदा पुरिएर मृत्यु भएकाहरूको सङ्ख्या बढेर ५३ पुगेको छ। देशको हुनान प्रान्तमा भएको घटनामा परेकामध्ये १० जनालाई भने जीवितै उद्धार गरिएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्।
प्रादेशिक राजधानी चाङ्साका मेयर झेङ जियान छिनले खोजी तथा उद्धार कार्य शुक्रबार ३:०३ बजे दिउसो अन्त्य भएको घोषणा गरिएको जानकारी दिए।
खोजी तथा उद्धार कार्यका लागि दर्जनौँ विज्ञ तथा उद्धारकर्ताहरू परिचालन गरिएको थियो। घटनास्थलबाट उद्धार गरिएका घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ।
आवासीय सो भवन गत अप्रिल २९ मा भत्किएको थियो। सुरुमा खोजी तथा उद्धार कार्य गर्न नसकिएकाले मानवीय क्षतिको स्पष्ट विवरण आउन सकेको थिए।
वैशाख २३, २०७९ शुक्रबार २१:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।