प्रहरीमा एआइजीको पाँच पद रिक्त तर एक जनाको मात्र बढुवा सिफारिस

काठमाडौँ : नेपाल प्रहरीमा एआइजीपीको पाँच पद रिक्त छ तर शुक्रवार बसेको बढुवा सिफारिस समितिको बैठकले एक पदमा मात्र बढुवा सिफारिस गरेको छ।
तत्कालीन प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसँगै एआईजीहरू हरिबहादुर पाल, नीरज शाही, प्रद्युम्न कार्की र वसन्त पन्तले अवकाश पाएका थिए। धिरजप्रताप सिंह आइजिपीमा बढुवा भएसँगै एआइजीको रिक्त दरबन्दीको सङ्ख्या पाँच पुग्यो। तर शुक्रवार बसेको बैठकले डिआइजी वसन्तकुमार लामाको मात्रै बढुवा सिफारिस गर्यो।
लामाले उमेर हदका कारण जेठ ८ मा अनिवार्य अवकाश पाउनेछन्। एक-एक पद थप्दै एआइजी बढुवा गर्दा छुटेका डिआइजीहरूबिच एआइजीका लागि तीव्र लबिङ चलिरहेको बेला मन्त्रालयले एक जनाको मात्रै नाम सिफारिस गरेको हो। सिंहका व्याचकै डिआइजीहरू एआइजीको प्रतिस्पर्धामा छन्।
वैशाख २३, २०७९ शुक्रबार १८:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।