देउवाको प्रश्न : सिर्जना प्रकाशमानको श्रीमती हुनुमा उनको के दोष ?
काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उम्मेदवारको नाता सम्बन्ध नहेरी काम र प्रतिबद्धता हेरेर मतदान गर्न आग्रह गरेका छन्। काठमाडौँमा आयोजित सभामा बोल्दै उनले भने' को कहाँ जन्मिन्छ भन्ने हाम्रो हातमा छैन।'
उनले यस अगाडिको स्थानीय तहको निर्वाचनमा माओवादी एमालेसँग जाने रहर गरेको र कांग्रेस एक्लै जान रहर गरेको भन्दै अहिले पुन गठबन्धन भएको बताए। पार्टीको महाधिवेशनले गठबन्धन आवश्यक छ भनेर पारित गरेको र केन्द्रीय समितिमा पनि गठबन्धनको खिलाफमा कोही नबोलेको भन्दै उनले अहिले आएर विरोध गर्नुको अर्थ नभएको बताए।
'सिर्जना सिंह र अर्को प्रचण्डजीको छोरी रेनु। अब कहाँ जन्मिन्छ भन्ने हाम्रो हातमा छैन नि। सिर्जना सिंहको आमा-बाबुले बिहे गरेर दिइहाले के गर्ने ? प्रकाशमानको श्रीमती हुनु उहाँको गल्ती हो ?'
उनले महिला मेयर पाउन राम्रो भएको बताउँदै भने ' भरतपुरमा रेनुले पार्क बनाउँछु भनेकी छिन्। इन्टरनेशनल हल बनाउँछु भनेकी छिन्। जग्गाको भाउ बढेको छ। मान्छे धनी भैसकेको छ त्या। राम्रो काम गर्नेलाई पुरस्कृत गर्नुपर्नेमा उसलाई सरापेर हुन्छ? त्यसैले पनि सतिले सरापेको देश भन्छन् यहाँ।'
वैशाख २३, २०७९ शुक्रबार १७:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।