महिला उम्मेदवारलाई कसैकी छोरी, कसैकी श्रीमती भनेर अपमानित गरियो : प्रचण्ड

महिला उम्मेदवारलाई कसैकी छोरी, कसैकी श्रीमती भनेर अपमानित गरियो : प्रचण्ड

काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको कार्यकारी पदमा उम्मेदवार बनेकालाई कसैको छोरी र कसैको श्रीमती भनेर अपमानित गर्ने प्रयास भएको बताएका छन्।

काठमाडौँमा पाँच दलले आयोजना गरेको सभामा बोल्दै उनले चितवन महानगरको मेयर उम्मेदवार रेनु दाहाललाई कसैको छोरी अनि काठमाडौँ महानगरपालिकाको मेयर उम्मेदवार सिर्जना सिंहलाई कसैको श्रीमती भनेर महिलाको अपमान गर्ने काम भएको बताएका हुन्।

रेनु प्रचण्डको छोरी हुन् भने सिंह कांग्रेस नेता प्रकाशमान सिंहको श्रीमती हुन्। उनले जहाँ-जहाँ महिला कार्यकारी भूमिकामा पुगेका छन् त्यहाँ राम्रो काम भएको दाबी गर्दै भने' हामी पुरुषले राज गर्यौ तर केही लछारपाटो लगाउन सकेनौँ। एक पटक महिलालाई कार्यकारी अधिकार दिएर हेरौँ।'

पाँच दलीय गठबन्धनले बिहीबार चितवनमा संयुक्त सभा आयोजना गरेको थियो। शुक्रबार गठबन्धनबाट काठमाडौँ महानगरपालिकाका उम्मेदवारको पक्षमा मत माग्न संयुक्त सभा आयोजना गरेको हो।

वैशाख २३, २०७९ शुक्रबार १७:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।